Section 12F
चिकित्सकको योग्यता
देहाय बमोजिमको योग्यता भएको चिकित्सक मात्र मस्तिष्क मृत्युको घोषणा गर्ने काममा संलग्न हुन सक्नेछ ः-
(क) चिकित्सा विज्ञानमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सो विषयसँग सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको,
(ख) नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञ चिकित्सकको रुपमा स्थायी दर्ता भएको,
(ग) नेपाली नागरिक ।